Thursday, 2nd July, 2026
वि.स.

माओवादी केन्द्र थाहाकाे अध्यक्षमा बिनाेदकुमार लामा

IMG_20220212_153458-1644660498.jpg

नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाकाे लामाे समयदेखि  रिक्त अध्यक्ष पद निर्वाचन पद्धतिबाट पुर्ति भएकाे छ । 

माओवादीकाे थाहानगर सम्मेलनबाट कमिटीको पदाधिकारी टुंगो लगाउन नसकेपछि सदस्यमात्रै चयन गरेर छाेडिएकाेमा २९ माघमा भएकाे अध्यक्ष पदकाे निर्वाचन भएकाे हाे । 

निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी विनाेदकुमार लामा थिङ निर्वाचित भएकाे निर्वाचन मण्डलका संयाेजक बिमलकुमार बिष्टले जानकारी दिए । 

पालुङ जेसीजकाे हलमा भएकाे निर्वाचनमा माओवादी नगरकमिटीका ५९ जना सदस्यहरुले मतदान गरेका थिए । अध्यक्ष पदका विजयी थिङले ३१ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी अरुण रायमाझीलाई  २८ सदस्यहरुले मत दिएका थिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०