Thursday, 20th August, 2026
वि.स.

माओवादी केन्द्रीय सदस्यमा मकवानपुरबाट महिला दुई, पुरुष निल

IMG_20220102_212118-1641138043.jpg

१८ पुसमा नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष प्रचण्डले २३६ जनाकाे केन्द्रीय सदस्य सूची प्रस्ताव गरे  । नामावली हलले स्वीकृत गर्याे । सूचीमा मकवानपुरबाट दुईजना परे - कुमारी माेक्तान र मानकुमारी नेपाली । 

मकवानपुरबाट जनजाती महिला कोटामा बागमती प्रदेशकी मन्त्री समेत रहेकी कुमारी मोक्तान तथा दलित कोटाबाट मकवानपुरकी मानकुमारी नेपाली चयन भएकी हुन् । मकवानपुरबाट दुईजना केन्द्रीय सदस्य घाेषित हुँदा पुरुषतर्फ भने पर्न सफल भएनन् । 

माओवादी केन्द्रले आफूहरुलाई विश्वास गरेर केन्द्रीय सदस्यमा निर्वाचित गरेको भन्दै मोक्तानले माओवादी केन्द्रलाई देशको पहिलो पार्टी बनाउने अभियानमा आफुहरु थप शसक्त भएर लाग्ने बताइन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०