nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी केन्द्रीय सदस्यमा मकवानपुरबाट महिला दुई, पुरुष निल

IMG_20220102_212118-1641138043.jpg

१८ पुसमा नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष प्रचण्डले २३६ जनाकाे केन्द्रीय सदस्य सूची प्रस्ताव गरे  । नामावली हलले स्वीकृत गर्याे । सूचीमा मकवानपुरबाट दुईजना परे - कुमारी माेक्तान र मानकुमारी नेपाली । 

मकवानपुरबाट जनजाती महिला कोटामा बागमती प्रदेशकी मन्त्री समेत रहेकी कुमारी मोक्तान तथा दलित कोटाबाट मकवानपुरकी मानकुमारी नेपाली चयन भएकी हुन् । मकवानपुरबाट दुईजना केन्द्रीय सदस्य घाेषित हुँदा पुरुषतर्फ भने पर्न सफल भएनन् । 

माओवादी केन्द्रले आफूहरुलाई विश्वास गरेर केन्द्रीय सदस्यमा निर्वाचित गरेको भन्दै मोक्तानले माओवादी केन्द्रलाई देशको पहिलो पार्टी बनाउने अभियानमा आफुहरु थप शसक्त भएर लाग्ने बताइन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)