Saturday, 29th August, 2026
वि.स.

मन्त्रिपरिषद बैठक निर्णयः मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना

Cabinet-1605715781.jpg

३ मंसिर साँझ बसेको मन्त्रिपरिषद बैठकले मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ । तर के कति संख्या भने सार्वजनिक भएको छैन । 

त्यस्ते नेपाली सेनाका सहायकरथी सन्तोषकुमार ढकालसहित चार जना सेनानीहरुको बढुवा र सुरुवासम्बन्धी निर्णय गरेको छ । साथै, बैठकले विभिन्न २५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसअघि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको सूची सूची ६ महिना पूरा भएकाले पुनः राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको हो । पहिलेको सूचीमा ह्याण्ड स्यानिटाइजर बनाउने उद्योग, मास्क बनाउने उद्योग आदिलाई पनि अत्यावश्यक सेवा अन्तरगत पारिएको छ ।

प्रधानमन्त्री कार्यालयले दिउँसो १ बजे सचिवालयसँग जुध्ने गरी क्याबिनेट बैठक राखे पनि अन्ततः साँझमा बसेको बैठकमा त्यस्तो महत्वपूर्ण प्रस्तावहरु केही पनि नआएको, प्रधानमन्त्रीले केही पनि सम्वोधन नगरेको र छोटो समयमै बैठक सकिएको स्रोतले जानकारी दियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०