Saturday, 29th August, 2026
वि.स.

मन्त्रिपरिषद बैठककका २२ निर्णय के के भए ? पढ्नुहोस् !

Parbat-gurung-1607524425.jpg

सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो । अब यी अस्पतालको व्यवस्थापनको जिम्मा प्रदेश सरकारको हुनेछ ।

मन्त्रिपरिष्याद बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समितिका कार्यकारी निर्देशकमा भद्रपुर झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले ३ जना सचिवको सरुवा पनि गरेको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

हेर्नुहोस् मन्त्रिपरिषद बैठक

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०