Friday, 28th August, 2026
वि.स.

मन्त्रिपरिषद पुनर्गठन : कसलाई कुन मन्त्रालय ? हेर्नुहोस् !

sapath-1608905449.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मन्त्रिपरिषद्को हेरफेर र विस्तार को हेरफेर र विस्तार गरेका छन् । प्रतिनिधिसभा विघटनपछि रिक्त भएका सात मन्त्रालयमा मन्त्री थप गर्दै मन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर पनि गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।

को कहाँ ?

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।

– टोपबहादुर रायमाझी(उर्जा)
– मणि थापा(खानेपानी)
– प्रभु साह(शहरी विकास
– प्रेम आले(वन)
-गणेश ठगुन्ना(सामान्य प्रशासन)
-गौरी शंकर चौधरी(श्रम
-दावा लामा(युवा तथा खेलकुद)
-जुली कुमारी महतो(महिला बालबालिका)
-विमला विश्वकर्मा(उद्योग राज्यमन्त्री)
-भानुभक्त ढकाल( पर्यटन -मन्त्रालय हेरफेर)
-हृदयेश त्रिपाठी( स्वास्थ्य -मन्त्रालय हेरफेर)
-लीलानाथ श्रेष्ठ(कानून)
-शिवमाया तुम्बाहाङ्फे(भूमिसुधार)
-पद्मा अर्याल( कृषि)
-कृष्ण गोपाल श्रेष्ठ( शिक्षा
)

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०