Sunday, 30th August, 2026
वि.स.

मन्त्रिपरिषद्को बैठक सर्यो, बेलुका ५ बजे बस्ने

mantri-1587891765.jpg

आइतबार दिउसो २ बजे बस्ने भनेको मन्त्रिपरिषद्को बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक केही समय पछि सरेको हो ।

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण केही समय पर सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने–‘दुई बजे बस्ने मन्त्रिपरिषद्को बैठक ५ बजेसम्मका लागि सरेको छ । प्रधानमन्त्री ज्यूले उच्चस्तरिय समिति र सीसीएमसीको सल्लाह सुझाव लिने कार्यक्रम भएकाले केही समय सरेको हो ।’


प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले अहिले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० र कोरोना रोकथाम तथा उपचार उच्चस्तरिय समन्वयन समितिको सल्लाह सुझाव लिइ रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०