Wednesday, 26th August, 2026
वि.स.

मनहरी गाउँपालिकामा १२ बेडको कोभिड अस्पताल संचालन

manhari-1620031929.jpg

मकवानपुरको मनहरी गाउँपालिकाले अक्सिजन सहितको १२ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

मनहरी-८,सिमपानीमा गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारको लागि अस्पताल संचालनमा ल्याएको हो ।गाउँपालिकामा संक्रमितको संख्या बढेको र स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि अक्सिजन सहितको कोभिड अस्पताल संचालन ल्याईएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।हाल गाउँपालिकाले १२ बेडको अस्पताल संचालनमा ल्याएको र यसलाई ३० बेड सम्म संचालन गर्न सकिने अध्यक्ष उप्रेतीले बताए ।

उनले भनेः यसअघिको पहिलो चरणको कोरोना संक्रमणमा हामीले २४ बेडको आइसोलेसन संचालन गरेका थियौ । आजबाट १२ बेडको अस्पताल संचालनमा ल्यायौ,१२ बेड खरीदको तयारी भईरहेको छ । अस्पतालमा ३० बेडको सम्म संचालन गर्न सक्छौ ।

मनहरी गाउँपालिकामा हालसम्म २ सय ६० जनामा कोरोना पुष्टि भएकामा २ सय ११ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । उनका अनुसार मनहरीमा हालसम कोरोनाको कारण २ जनाको ज्यान गएको छ । मनहरीमा आजको दिनमा ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif