nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मतदाताबीच एमाले उमेदवार बर्ताैला, पार्टी प्रवेश गर्नेकाे लर्काे

mahesh-2-1024x752-1666538070.jpg

मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार तथा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौलाले जनताको मन छुने गरी काम गर्ने बताएका छन् ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै बर्तौलाले यस भेगको बिकासको लागि सेवा गर्न आएको भन्दै मंसिर ४ को निर्वाचनपछि वस्तिपुर र भुन्द्रुङ्ग जोड्ने पक्की पुल निर्माण गरी यहाँका जनताको जीवनस्तर उकास्नेगरी काम गर्ने उद्गघोष गरे ।

उनले भने, कैलाशको घैराङ्ग बागुनेबाट वस्तिपुर पक्की सडक निर्माण तथा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताको हितका लागि संसदबाट निति निर्माण गरेर सहज वातावरण बनाउनेछौं ।’

उनले विगतमा चुनावका बेला कोको नेताले केके आश्वासन बाँडे, पूरा गरे गरेनन्, जनता साक्षी भएको भन्दै यस पटक विकासवादी नेतालाई रोज्न आग्रह गरे । उनले अघि भने–‘ क्षेत्र नम्बर २को विकासको लागि यसपालि मलाई जनताले जिताउनेमा ढुक्क छु ।’ नेकपा एमाले हेटौंडा१९ का अध्यक्ष बालकुमार मल्लको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
मकवानपुरमा एमालेका उम्मेदवार गाउँ पुगेपछि पार्टी प्रवेश गर्नेको लहर
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगर १९ को पहाडी भेगको गाउँहरु पन्ध्र सोला,बाँसघारी,सेर सेर,ठूलो बसेनी,डुमारे,लेक पानी,ज्यामिरे का स्थानीयहरु नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगे पछि १०० औं को संख्यामा एमाले प्रवेशको लहर भएको थियो।

कार्यक्रममा गाउँले चिनेको भुगोलले चिनेको यसै क्षेत्रमा हुर्केको युवाहरु उम्मेदवार भएको सुन्ने बित्तिकै गाउँ बासी उत्साहित रहेको र उम्मेदवार गाउँ आउने खबर पाए पछि घण्टौ हिडेर पार्टी प्रवेश सँगै उम्मेदवारलाई हौसला दिन आएको पार्टी प्रवेश गर्नेहरुले बताए। पार्टी प्रवेश गर्नेहरुलाई उम्मेदवार द्वोय बर्तौला र थापाले खादा माला अबिर लगाउदै स्वागत गरेका थिए भने उम्मेदवार थापाले जनताको जन गुनासो जनताले मागेको बजेट जिते पछि नीति बनाएर काम गर्ने बताए।

त्यस्तै उम्मेदवार बर्तौलाले आफुले जिते पछि आफ्नो क्षेत्रमा बिगत २० बर्ष सम्म बिरोधले गर्न नसकेको काम ५ बर्ष गरि दिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा हेटौंडा १९ का पार्टी वडा कमिटी अध्यक्ष राज कुमार मल्लले कार्यक्रम समापन गर्दै अब एमाले बिजयको लहर सहित देश एमालेमय हुँदै गएको र सबै वडा बासी लाई मन दायाँबायाँ नगरी सुर्यमा मतदान गर्न अनुरोध गरेका थिए।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)