Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा नेपाल, भट्टलाई विदाई

CDO-MK-1584277849.jpg

मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (सिडियो)  दिपकराज नेपाल आउने भएका छन् । गृह मन्त्रालयबाट सरुवाभई नेपाल मकवानपुर आएका हुन् ।  सिडियो नारायण प्रसाद भट्टलाई २ चैतमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्र सेवक मिलन केन्द्र मकवानपुरले कार्यक्रम गरी बिदाई गरेको हो।

जिल्ला प्रशासन कार्यालयबाट भट्ट गृह मन्त्रालयमा सरूवा भएपछि उनलाई विदाई गरिएको हो । मंसीर २३ गते सिडियोको रूपमा मकवानपुर आएका भट्टले एक सय दिन मकवानपुरमा कार्य गरेका थिए । कार्यक्रम राष्ट्र सेवक मिलन केन्द्र मकवानपुरका अध्यक्ष बद्रीबहादुर पाठकको अध्यक्षतामा भएको थियो। कार्यक्रममा राष्ट्र सेवक मिलन केन्द्रका जिल्ला उपाध्यक्ष दीर्घनारायण कोईराला, निबर्तमान अध्यक्ष रामकृष्ण थापा लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

यसैबीच, कार्यक्रममा राष्ट्र सेवक मिलन केन्द्रका नव आगन्तुक सदस्य एवं मुख्यमन्त्री तथा मन्त्री परिषद, बागमति प्रदेशका उपसचिव मदन पोखरेललाई टीका लगाई पुष्प गुच्छा दिएर स्वागत गरिएको थियो। कार्यक्रममा मकनानपुरका सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif