Wednesday, 24th June, 2026
वि.स.

मकवानपुर थाहानगरका १९ जना आइसोलेशनमा

मकवानपुर थाहा नगरपालिकाका १९ जना आइसोलेशनमा  रहेका छन् ।

कोरोना संभावित व्यक्तिहरुलाई पिसिआर गर्नका लागि पठाइएकाहरु हेटौंडा–४ स्थित आइसोलेशनमा राखिएको हो । उनीहरुलाई ३ जेठमा आइसोलेशन पु¥याइएको हो । यसरी पठाइएकाहरु २ जेठमा काठमाण्डौं सतुंगलमा कोरोना संक्रमित भएका ७ वर्षिय बालकको थाहानगर स्थित घरका ४ र मामाघरका ५ र एकजना तरकारी व्यापारी तथा भारतबाट आएका ९ जना रहेको डाक्टर उदय रोकाले जानकारी दिए ।  

उनीहरु सबैको ५ जेठमा पिसिआर परिक्षण हुने जनाइएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०