Sunday, 16th August, 2026
वि.स.

मकवानपुर जिल्ला स्तरीय भलिबलमा आयोजक ए र प्रतिनिधि टिम फाइनलमा

DSC_0237-1541575892.JPG

विनयबाबु स्मृति जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आयोजक विनयवावु स्मृति प्रतिष्ठान (ए) र थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिम फाइनलमा प्रवेश गरेका छन् । 

२१ कार्तिक विहान भएको खेलमा पुपु मेहन्दो युवा क्लब आग्रालाई पराजित गर्दै आयोजक ए र आयोेजक विलाइ पराजित गर्दै थाहा नगरपालिका वडा नं. १ प्रतिनिधि टिम फाइनलमा प्रवेश गरेको हो। वडा नं. १ प्रतिनिधि टिम गतवर्षको विजेता टिम हो ।

प्रतियोगिताको फाइनल खेल २१ कार्तिक अपरान्ह हुने आयोजक विनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । 

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । 

रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । गतवर्ष नगद ४० हजार रहेकोमा यसवर्ष पुरस्कारको राशी थप भएको हो । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । अघिल्लो वर्ष वडा नं. १ प्रतिनीधि टिमले प्रतियोगिताको उपाधि हात पारेको थियो । 

प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

DSC_0237-1541575895.JPG