nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमै ‘थाहानगर सूचना प्रविधि लेखाजोखामा उत्कृष्ट’

स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखा विधिको मूल्याङ्कनमा मकवानपुरको थाहा नगरपालिकामा जिल्लाकै बढि अंक पाउने पालिका घोषणा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि शाखाले गरेको मूल्याङ्कन प्रतिवेदनमा थाहा नगरपालिकाले ६३ अंक प्राप्त गर्दै जिल्लामै बढि अंक प्राप्त गर्ने पालिका हुन सफल भएको हो । मन्त्रालयले ५ मंसिरमा सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा मकवानपुरका १ नगरपालिका र ४ गाउँपालिकाले आफ्नो मूल्याङ्कनमा सहभागिता जनाएको उल्लेख छ । 

मुल्याङ्कनमा सहभागिता जनाएका थाहा नगरपालिकाले ६३, बकैया गाउँपालिकाले ४८, ईन्द्रसरोवरले ४५, कैलाशले ४० र राक्सिराङले ३६ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । मूल्याङ्कनमा सहभागी थाहा नगरपालिका बाहेकका अरु चार पालिकाले औषत भन्दा पनि कम अंक पाएका हुन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, भिमफेदी गाउँपालिका, मकवानपुरगढी, बागमती र मनहरी गाउँपालिकाले मुल्याङ्कनमा सहभागिता नै नजनाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । 

स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र यससंग सम्बन्धीत सेवा प्रवाहलाई सक्षम बनाउनका लागि मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ । मूल्याङ्कन अध्ययनमा विभिन्न ७ क्षेत्रको ५० वटा सूचकहरु प्रयोग गरिएको थियो । पालिकाको सूचकहरुमा पालिकाले स्वतः प्रकाशन गर्नुपर्ने सूचना, प्रकाशन गरे नगरेको, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी लगायतको व्यक्तिको विवरण वेभसाइटमा राखिएको नराखिएको, पालिकाको वेभसाइट नियमित अपडेट भए नभएको, सूचना नियमित सार्वजनिकताको अवस्था लगायतको सूचकहरु रहेका थिए । 

मूल्याङ्कनमा ७५३ स्थानीय तहमध्ये ४३४ वटा स्थानीय तहले मात्र मूल्याङ्कनमा सहभागिता जनाएका थिए । मूल्याङ्कनमा लागि मन्त्रालयले गुगल फर्म पालिकाहरुलाई पठाएको थियो । 

मूल्याङ्कनमा सबैभन्दा बढि ८० अंक चौरहजारी नगरपालिका रुकुम पश्चिमले पाएको छ भने सबैभन्दा कम पंचेश्वर गाउँपालिका बैतडीले १९ अंक मात्र पाएको छ । प्रतिवेदन अनुसार मुल्याङ्कनमा सहभागी पालिकाले औषत ४९ अंक पाएका छन् ।

विस्तृत मुल्याङ्कन प्रतिवेदनका लागि यहाँ क्लिक गर्नुहोस् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)