Saturday, 22nd August, 2026
वि.स.

मकवानपुरमा ६ सय ८८ सक्रिय संक्रमित

corona-photo-1602835739.jpg

पछिल्लो दिनहरुमा मकवानपुरमा दैनिक तिब्र संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भईरहेको छ ।

शुक्रबार मकवानपरमा १ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या २ हजार १ सय ८४ पुगेको छ । यहाँ हालसम्म संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ६८ जना संक्रमित संक्रमण मुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए ।

उनका अनुसार आजको दिनमा जिल्लामा ६ सय ८८ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ६ सय ५ जना र आइसोलेसनमा ८३ जना उपचाररत रहेका छन् । जिल्लामा कारोनाको कारण हालसम्म १९ जनाको मृत्यु भएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif