Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा ३ हजार ९ सय १३ जना कोरोना मुक्त

corona-photo-1620203858.jpg

मकवानपुरमा हालसम्म पुष्टि भएका संक्रमितमा ३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भए संगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यलय अनुसार मंगलबार कोरोना मुक्त हुनेमा ८ जना घरमै बसेका संक्रमित र १ जना आइसोलेस बसेका संक्रमित रहेका छन् ।

मकवानपुरमा हालसम्म कोरोना ४ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका हुन् । मकवानपुरमा आजको दिनमा ७ सय ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif