Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा होलीको कार्यक्रम आयोजना नगर्न प्रशासनको अनुरोध

DAO-Mk-1583505446.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली पर्वमा कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागि नहुन आग्रह गरेको छ । २३ फागुनमा एक सुचनामा जारी गर्दै भनिएको छ, होली खेल्ने क्रममा हुने भिडभाडका कारण जोखिम बढ्ने सम्भाबना देखिएकाले हालीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागि नहुन सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यस अघि बिहीबार मात्रै धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी तथा महोत्सवहरु नगर्न पनि निर्देशन दिँदै जिल्लामा सञ्चालन हुने यस अघि नै मिति तय गरिएका कार्यक्रमहरु समेत सञ्चालन गर्नमा रोक लगाएको थियो । कार्यालयले कोरोना भाईरसको विश्वव्यापी संक्रमण फैलीरहेको र नेपाल समेत कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यसको सम्भावित जोखिमबाट सर्तकता अपनाउन अपरिहार्य देखिएको हुँदा सबै खाले सभा, सम्मेलन, कार्यक्रम आयोजना नगर्न वा भिडभाडमा सामेल नहुन र सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif