Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो,लकडाउन घोषणा गरिँदै

makawanpur-1619854396.jpg

 मकवानपुरमा पनि लकडाउन घोषणा गरिने भएको छ ।

शनिबार साँझ लकडाउनको घोषणा गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

कोरोना संक्रमितको संख्या तिब्र रुपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै संक्रमण बढ्न नदिन लकडाउन घोषणा गर्न लागिएको प्रमुख अधिकारीले बताए । उनले शनिबार साँझ लकडाउनको घोषणा गरिने तयारी रहेको बताए ।

यसअघि जिल्ला प्रशासन कार्यलय मकवानपुरकाका प्रमुख पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन लकडाउन जारी गरिने बताउँदै आएका थिए ।

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना भए संगै संक्रमितको संख्या ५ सय नाघेको हो । यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको हेर्टौंडा अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबका डाक्टर सागर काफ्लेले जनाकारी दिए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif