Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४ सय नाघ्यो

corona-virous-1619847418.jpg

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ९ जना पुगेको छ ।

उत्तरी मकवानपुरको थाहामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भए संगै सक्रिय संक्रमितको संख्या ४ सय ९ पुगेको हो ।

थाहामा १९ जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १३ जनामा सक्रमण देखिएको थाहा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो संगै मकवानपुरमा शुक्रबार कोरोना पुष्टि हुनेको संख्या ८४ जना पुगेका छन् । यसअघि शुक्रबारनै ८५ जनाको पिसिआर परीक्षणमा ५६ जना र एन्टीजेन विधिबाट ३२ जनाको परीक्षणमा १५ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको थियो । पिसिआर परीक्षण रिपोर्टमा हेटौंडाका ५५ जना र बागमती गाउँपालिकाका एक जना गरी ५६ जना रहेका छन् । यसैगरी एन्टीजेन परीक्षणमा हेटौंडाका ६ जना र मनहरीका ९ जनामा कोरोना पुष्टि भएको थियो ।

यो संगै मकवानपुरमा हालसम्म पुष्टि भएका सक्रिय संक्रमितमा ३ सय ९० जना घरमा,१० जना हेटौंडा अस्पतालको आईसियूमा र ९ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् ।

मकवानपुरमा हालसम्म पुष्टि भएका ४ हजार ३ सय २३ जनामा कोरोना पुष्टि भएकामा ३ हजार ८ सय ७९ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३५ जनाको मृत्यु भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०