Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा लकडाउन थप कडा पार्ने कमाण्ड पोष्टको निर्णय

makawanpur-1588668703.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मङ्लबार बसेको कमाण्ड पोष्टको बैठकले मकवानपुरमा लकडाउन थप कडा पार्ने निर्णय गरेको छ ।विहान सबेरैदेखि ९ बजेसम्म पनि अत्यावश्यक अवस्थामा बाहेक कसैलाई पनि हिडडुल गर्न नदिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुले जानकारी दिएको छ ।

मकवानपुरबाट काठमाडौँ जानको लागि पास जारी नगरिने निर्णय भएको मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।तराईका जिल्लाहरुबाट मकवानपुर आउने सवारी साधनहरुमा पनि चालक र सहचालक बाहेक अन्य कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०