Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा भिरबाट लडेकी महिलाको मृत्यु

मकवानपुरको राक्सिराङमा भीरबाट लडेकी एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा राक्सिराङ-६  सिलिङगे बस्ने ६८ वर्षिया सिरिमाया तामाङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन। 

तामाङ आफन्तको घरबाट आफ्नो घर फर्कने क्रममा बुधबार साँझ सोही स्थानमा भीरबाट लडेकी थिइन।उनलाई उद्धार गरी भरतपुर लगिएकोमा उपचारको क्रममा आज बिहान भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको डिएसपी रिमालले जानकारी दिएका छन।