Thursday, 20th August, 2026
वि.स.

मकवानपुरबाट पहिलो स्याटेलाईट टिभि प्रशारण हुने

hd-1604303729.jpg

बागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रसारण हुने भएको छ । प्रसारणका लागि सूचना तथा प्रसारण विभागबाट अनुमती प्राप्त भइसकेको छ । २४ घण्टा प्रसारण हुनेगरी तयारी थालीएको हो । लामो तयारी पछि सर्बोत्कृष्ट मिडिया प्रालि द्वारा नेशनल गोल्ड स्याटलाइट टेलिभिजन संचालनमा ल्याउन लागिएको टेलिभिजनका प्रवन्ध निर्देशक उज्वल चौलागाईले वताए।

टेलिभिजनले प्रसारणका लागि अनुमती लिइसकेको छ । अब तीहार अघीनै प्रसारणमा ल्याउने तयारी थालिएको चौलागाईले जानकारी दिए । बिशेषगरी समाचार र समाचार मुलक कार्यक्रमलाई प्राथमिकता दिइने उनले वताए ।

अत्याधुनीक उपकरणको प्रयोग गरेर हेटौंडा र काठमाण्डौबाट एकैसाथ सञ्चालन गर्न लागिएको हो । करिव ५ करोड रुपैयाँ लगानीमा टेलिभिजन सञ्चालनमा ल्याउन लागिएको उनले वताए । टेलिभिजनको मुख्य कार्यालय हेटौंडा र साखा कार्यालय काठमाण्डौमा रहने छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif