Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा नेपाली सेनाले ५० वेडको क्वारेन्टाइन वनाउँदै

q-1584771786.jpg

मकवानपुरको भिमफेदी गाउँपालिकाको सामरी पुल नजिक नेपाली सेनाले ५० वेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले कोरोना भाइरसको संक्रमणबाट बेलैमा वच्नका लागि क्वारेनटाइन वनाउन लागिएको हो ।

यसको काम तत्काल थालिने भएको छ । हेटौंडाको सामरी पुल भन्दा माथीको सेनाले खेल्दै आएको चौरमा क्वारेन्टाइन निर्माण गर्न लागिएको पुरोनो गोरखगढका गणपति अनिल वुढाथोकीले जानकारी दिए ।

केही दिनमानै सक्नेगरी क्वारेन्टाइन निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । मकवानपुरको भैसे व्यारेकका सेनाले कोरोनाबाट बेलैमा सावधानी अपनाउनका लागि उच्च सर्तकर्ता समेत अपनाएको छ । यसबाट बेलैमा बच्नका लागि सर्तक रहेको सेनाले जनाएको छ ।

बागमती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार हेल्थ डेस्क, विभीन्न स्थानमा गरिने चेकजाँचमा नेपाली सेनाले सहयोग गर्ने गणपति वुढाथोकीले वताए । विश्वव्यापी रुपमा भएको महामारीमा सेनाले यसबाट आमनागरिकलाई सचेत पार्नका लागि लागिपरेको उनले वताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०