Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर जिल्लामा १८ कात्तिक बिहान थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य २३ महिला र ३८ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताए । 

यही कार्तिक १७ गते संकलन गरिएको १ सय ४२ जनाको स्वाबमा ६१ जनामा कोरोना पुष्टि भएको उनले बताए । संकलन गरिएका स्वाब मध्यमा संक्रमितको संख्या ४३ प्रतिशत रहेको छ। कोरोना संक्रमित हुनेहरु हेटौंडामा धेरै छन् । त्यस मध्य पनि अझै धेरै हेटौंडा ५ मा १६ जना र हेटौंडा ४ मा १० जनामा कोरोना भएको छ ।

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

corona-1-1604371875.png






Thaha-002-1774415222.gif