Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप ३ संक्रमितको मृत्यु

corona-death-1621754840.jpg

हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियु तथा भेन्टिलेटर कक्षमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिएका छन् ।

मृतक तीनै जना हेटौंडा उप महानगरपालिकाका हुन् । हेटौंडा–१५ का ४३ वर्षीय पुरुष, हेटौँडा–४ थाहा चोककी ६० वर्षीया महिला र हेटौँडा–५ का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।  मृतक तीनै जना जेठ १ गते यता कोरोना पुष्टि भएका र श्वासप्रश्वासमा समस्या भएका कारण हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना भएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif