Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा टिप्पर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

हेटौंडामा टिपर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा न्यूरेनी घर भएका आसिष श्रेष्ठको मृत्यु भएको हो । दुघर्टनामा अर्का एक जना भएका छन् ।

चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर र हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकल ठक्कर खाँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी हेटौंडाकै निरज राई घाइते भएका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थानीयको मृत्यु पछि सडक छेउमा रोकिराखेको टिपरमा स्थानीय र आफन्तले आगजनी गरेका हुन् । उनीहरूले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०