Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जेठ २० सम्म निषेधाज्ञा थपियो, थाहानगरमा झन कडा 

  • सुरेन्द्रमान प्रधान/थाहानगर

थाहा नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले १२ जेठदेखि १५ जेठ राती १२ बजेसम्म पूर्ण निषेधाज्ञा जारी गरेको छ । प्रशासनले थाहा नगरपालिकाको सिफारिसको आधारमा निषेधाज्ञा जारी गरेको हो । ११ जेठमा जारी सूचनामा मकवानपुरमा जारी निषेधाज्ञा आगामी जेठ २० गते रातिसम्म थप गर्ने निर्णय गर्दै थाहानगरमा भने कडाई गर्ने निर्णय गरेको हो ।

थाहानगरमा पछिल्लो समय हरेक दिन गरिएको एन्टिजेन परिक्षणमा ५० प्रतिशत भन्दा बढिमा संक्रमण देखिन थालेको छ । "हामी टोल टोलमा परिक्षणका लागि जादा पनि सजिलै सङ्ग मानिसहरु स्वाव दिनै मान्दैनन्" प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डा. रिकेश कार्कीले बताए "हामीले लक्षण भएकाहरुलाई तत्काल एन्टिजेन परिक्षण गरेर, सामान्य लक्षण भएकाहरुको पिसिआरका लागि स्वाव पठाउने गरेका छौँ ।" ११ जेठसम्म मात्र ४ सय बढी संक्रमित भैसकेको थाहानगरमा कोरोनाको संक्रमण बढ्न नदिने उद्देश्यले चेन ब्रेक गर्न निषेधाज्ञा गर्नु परेको नगरपालिकाले जनाएको छ । यो अवधिभर कुनै अत्यावश्यक वस्तुको खाँचो परेमा सम्बन्धित वडाध्यक्ष वा थाहानगर उद्योग वाणिज्य संघमा सम्पर्क गर्न पनि आव्हान गरेको छ । 

नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिले नगरबासीमा निषेधाज्ञाको पूर्ण पालनाका लागि समेत आव्हान गरेको छ । २४ सै घन्टा प्रहरी समेत परिचालन गरि अनुगमनलाई कडाइ गरिन लागेको छ । निषेधाज्ञामा पसलहरु खुलेको पाइएमा, औषधि किन्न जान बाहेक अन्य काममा हिडडुल समेत नगर्न निर्देशन गरेको छ   । यस पटक औषधि पसल र तरकारी उत्पादन बाहेक अन्य सबै व्यवसायिक संघसंस्था, पसल, सहकारी, बैक, होटल तथा रेष्टुरेन्ट, तरकारी तथा फलफूल, माछामासु, फेन्सी, कस्मेटिक, सैलून, टेलर्सलगायत सबै प्रकारका व्यवसाय बन्द गर्न भनिएको छ । 

यसैगरी, एम्बुलेन्स, प्रेस, औषधि ढुवानी, इन्धन, तरकारी निर्यात सवारी बाहेक अन्य सबै प्रकारका यातायातका साधन पूर्ण रुपमा संचालनमा रोक लगाउने छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी अादेशः



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०