Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या १३७ पुग्यो

corona-1597298397.jpg

मकवानपुरमा हालसम्मकै धेरै कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस पुष्टि भएको हेटौंडा स्थित कर्रा आइसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले जानकारी दिए । यसअघि जिल्लामा साउन २७ गते १३ जनामा कोरोना पुष्टि भएको थियो ।

यो संगै मकवानपुरमा संक्रमितको संख्या १ सय ३७ पुगेको छ । देखिएका संक्रमित मध्य हालसम्म ४४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

बाँकी संक्रमितहरु हेटौंडाको कर्रा आईसोलेसन,तथा केहि संक्रमित हेटौंडा स्थित आ-आफ्नो घरमा होम क्वारेन्टिमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् भने केही संक्रमित काठमाण्डौ उपत्यकामा उपचारत रहेका छन् 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०