Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा थप ६१ जनामा कोरोना पुष्टि

corona-photo-1619774453.jpg

मकवानपुरमा शुक्रबार थप ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

९२ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा ६१ जनामा कोरोना पोजेटिभ देखिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले जानकारी दिएका छन् ।

उनका अनुसारशुक्रबारथपिएका संक्रमितहरु बागमती गाउँपालिका वडा नम्वर–९ का १ जना र काठमाडौँ स्थायी घर भएका १ जना बाहेक सबै हेटौँडा उपमहानगरपालिका निवासी छन् ।संक्रमितमध्ये २९ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

यसअघि मकवानपुरमा सक्रिय संक्रमित ३ सय २५ जना रहेका थिए । आज ६१ जना थपिएसँगै कूल सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif