Saturday, 29th August, 2026
वि.स.

मकवानपुरमा एकैदिन थप १ सय २९ जनाले जिते कोरोना

superhero-1603557017.png

मकवानपुरमा थप १ सय २९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कार्तिक ५ गते लिईएको १ सय ९९ जनाको स्वाबमा १ सय ३२ जनाको स्वाब पुन परीक्षणको लागि लिइएको थियो । जसमा १ सय २९ जनाको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण मुक्त रिपोर्ट आएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । परीक्षणमा ३ जनाको रिपोर्ट पुन पोजेटिभ आएको छ ।

यो संगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको छ । जिल्लामा हालसम्म संक्रमणको संख्या २ हजार ७ सय ३० रहेको छ ।

हालसम्म कोरोना संक्रमणको कारण यहाँका २२ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै मकवानपुरको थाहा नगरपालिकामा होम आइसोलेसन बसेका एक ४३ वर्षीय पुरुषको घरमै ज्यान गएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०