Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा आज २३ जनामा कोरोना पुष्टि

corona-1596971466.jpg

मकवानपुरमा एकै दिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन यतीका धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । कोरोना संक्रमण पुष्टि भएकामा १७ जना पुरुष र अरु ६ जना महिला रहेका छन् ।

पुरुष मध्यमा चार जना नेपाल प्रहरीमा कार्यरत समेत रहेका छन् । मकवानपुरमा एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए । आज संक्रमित देखिएका मध्य हेटौंडाका १६ जना र अरु तीन गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको उनले वताए ।

कोरोना संक्रमित देखिएका हेटौंडा–२ का एक जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–६ का एक जना हेटौंडा–११ का २ जना छन् । हेटौंडा ११ थानाभ¥याङमा कार्यरत मजदुरको घर विराटनगर भएपनि काम भने यहाँनै गर्दै आएका छन् । हेटौंडा–१३ का एक एक जना, हेटौंडा–९ का ३ जना, भीमफेदी गाउँपालिकाका एक जना, मकवानपुर गढीका १ जना, बकैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०