Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरगढी गाउँपालिकाले बाल विवाह रोक्यो !

कानूनीरुपमा दण्डनीय र सामाजिकरुपमा समस्याको रहेको बालविवाह रोक्न गाउँपालिका आफैले सक्रियता देखाएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आज बुधबार बालविवाह रोकेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको नेतृत्वमा गएको टोलीले गाउँपालिकाको वडा नं. १ गुर्दुम डाँडामा भएको बालविवाह रोकेको गाउँपालिकाका कानूनी सहजकर्ता रामशरण शर्माले बताए ।

बालविवाह गरेका किशोरको परिवारले बालविवाह रोकिदिन आग्रह गरेपछि गाउँपालिकाकी उपाध्यक्ष रुम्बा, वडा नं. १ का अध्यक्ष आइतसिं लो, गाउँपालिकाको महिला बालबालिका शाखाकी प्रमुख मन्दिरा थापा, कानुनी सहजकर्ता रामशरण शर्मासहितको टोली सक्रिय भएको थियो । गाउँपालिकाका १८ वर्षीय किशोर र छिमेकी गाउँपालिका बकैया–४ की १७ वर्षीया किशोरीबीच भएको बालविवाह रोकिएको गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बताइन् । बकैयास्थित आफन्तको घरमा गएको बेला बालविवाह गरेको खबर पाएपछि किशोरका परिवार तथा साथीहरुले किशोरलाई विवाह रोक्न सम्झाएका थिए । तर किशोरले नमानेपछि गाउँपालिकाकै पहलमा बालविवाह रोकिएको हो ।

बालविवाह गरेका किशोरीलाई मनोसामाजिक परामर्शका लागि हेटौंडास्थित सिविन बाल हेल्पलाइनको कार्यालयमा पठाइएको छ । किशोरीलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष रुम्बा आफै सिविन बाल हेल्पलाइनको कार्यालय पुगेकी थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif