Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको ८७ कार्यालयको ८ महिनामा ६१ प्रतिशत खर्च

lekha-kos-1584686091.jpg

 मकवानपुर जिल्लाका सात दर्जन भन्दा वढी सरकारी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ६१ प्रतिशत खर्च गरेका छन् । मकवानपुरमा रहेका दश वटा स्थानीय तह र संघीय सरकार अन्तरगत रहेका ८७ वटा सरकारी कार्यालयले संघीय सरकारले पठाएको वजेट मध्यमा ६१ प्रतिशत रकम खर्च गरेका हुन् ।

चालु आर्थिक वर्षको साउन महिना देखि वितेको फागुन मसान्त सम्मको आठ महिनाको अवधिमा ६१ प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मकवानपुरका प्रमुख कोष नियन्त्रक अनिल श्रेष्ठले जानकारी दिए ।

मकवानपुरका स्थानीय तह र संघीय सरकार अन्तरगतका कार्यालयलाई चालु आर्थिक वर्षमा ३५ अर्वको वजेट पठाइएको छ । त्यस मध्यमा २१ अर्व ४४ करोड रुपैयाँ निकासा भइसकेको श्रेष्ठले वताए । प्रदेश सरकार अन्तरगतका जिल्ला कार्यालय बाहेक यो रकम खर्च भएको हो । चालु र पुँजीगत समेत गरेर २१ अर्र्व ४४ करोड रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए ।

संघीय सरकार अन्तरगतको रकम पुँजीगत भन्दा पनि चालु खर्च धेरै छ । चालु खर्चमा यस आर्थिक वर्षका लागि २९ अर्व २० करोड वजेट मध्यमा १९ अर्व २६ करोड रुपैयाँ निकासा भइसकेको छ । यो रकम भने प्रदेश र स्थानीय तहका कार्यालयलाई बित्तिय हस्तान्तरण अन्तरगतको रकम हो । यस रकम मध्य १४ अर्व २६ करोड रुपैयाँ चालु खर्चको रकम रहेको उनले वताए ।

जिल्लाका सरकारी कार्यालय र स्थानीय तहलाई ५ अर्व ८० करोड रुपैयाँ मध्यमा २ अर्व १७ करोड रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक श्रेष्ठले वताउनुभयो । जिल्लाका सरकारी कार्यालयले पुँजीगत खर्च भने ३७ दशमलव ५ प्रतिशत मात्र गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

lekha-kos-1584686099.jpg






Thaha-002-1774415222.gif