Thursday, 2nd July, 2026
वि.स.

मकवानपुरका बर्तौला राप्रपा नेपालको महामन्त्री

rajaram-bartaula-(1)-1646230724.jpg

दशकौँदेखि अध्यक्ष कमल थापासँगै राजनीतिमा सक्रिय मकवानपुरका राजाराम बर्तौला राप्रपा नेपालको महामन्त्री पदमा मनोनित भएका छन् । 

पार्टी अध्यक्ष थापाले १८ फागुनमा बर्तौलालाई राप्रपा नेपालको महामन्त्री पदमा मनोनित गरेका हुन् । बर्तौलासँगै ४ जना पार्टीको महामन्त्रीमा मनोनित भएका छन् । 

अध्यक्ष थापाले बर्तौलासँगै १६ जनालाई पदाधिकारीमा मनोनित गरेका हुन् । 

राप्रपाको केन्द्रीय अधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षता नेतृत्वमा केन्द्रीय सदस्य निर्वाचित बर्तौलाले गत ९ फागुनमा उक्त पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए । राप्रपाको केन्द्रीय महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा उठाएको छानबिनको विषयलाई नेतृत्वले बेवास्ता गरेको कारण देखाउँदै उनले राजीनामा दिएका थिए । 

कमल थापा २०७२ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुँदा बर्तौला उनका राजनीतिक सल्लाहकार थिए । यसअघि थापा अध्यक्ष रहेका राप्रपामा बर्तौला सहायक महामन्त्री भई क्रियाशील रहेका थिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०