Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका तीन स्थानीय तहले बजेट ल्याएनन्

budget-1593166456.jpg

हरेक वर्षको असार १० गतेको गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम पेस गर्नुपर्ने कानुनी व्यवस्था भएपनि मकवानपुरका तीनवटा स्थानीय तहले बुधबार बजेट सार्वजनिक गरेनन् ।

जिल्लामा रहेका दशवटा स्थानीय तहमध्ये वागमती, कैलाश र इन्द्रसरोवर गाउँपालिकाले बजेट सार्वजनिक नगरेका हुन् ।
वागमती गाउँपालिकाले गाउँसभा नै बोलाएन भने कैलाश र इन्द्रसरोवरले नीति तथा कार्यक्रम मात्रै सभामा प्रस्तुत गरे । वागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले कोरोनाको प्रभावका कारण योजना छनोटमा ढिलाइ भएका कारण तोकिएको समयमा गाउँसभा राख्न नसकिएको र असार २० गतेलाई गाउँसभा बोलाइएको जानकारी दिए ।

कैलाश गाउँपालिकाले नीति तथा कार्यक्रम पेस गरेपनि बजेट भने असार १५ गते मात्रै गाउँसभामा पेस गरिने अध्यक्ष टंक मुक्तानले बताए । कैलाशले अघिल्लो वर्ष पनि नीति तथा कार्यक्रम र बजेट पास गर्न नगसकेपछि रातारात बहुमत प्रक्रियाबाट पास गरेको थियो ।

इन्द्रसरोवर गाउँपालिकाले पनि अर्को गाउँसभाको बैठकमा बेजट पेस गर्ने गरी बुधबार नीति तथा कार्यक्रम मात्रै पेस गरिएको कार्यपालिका सदस्य जमानसिं वाइवाले जनाए ।

कान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०