Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मंसिर २ गते सार्वजनिक विदा [हेर्नुहोस विज्ञप्ती सहित ]

 सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्ष तिहारमा तिथि विवाद छ ।

नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ ।

२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।

उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०