Sunday, 23rd August, 2026
वि.स.

मंसिर पहिलो हप्तासम्म घान्द्रुकमा पर्यटकलाई प्रवेश निषेध

ghandruk-1602827401.jpg

कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।

पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् ।

मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif