Tuesday, 25th August, 2026
वि.स.

भिमफेदीमा सूचना प्रविधि तालिम

News-Photo-1583418488.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन महिला बिभाग मकवानपुरले भिमफेदीमा दुईदिने दिने सूचना प्रविधि तालिम भिमफेदी गाउँपालिकामा शुरु गरेको छ । २२ फागुनबाट शुरु भएको तालिममा पालिकाभर रहेका ३९ सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको हो ।

 गाउँपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा सञ्चालन भएको हो । 

 संगठन सवलीकरणको ५ महिने अभियानको निरन्तरता स्वरुप सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने तालिमले सामुदायीक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिईने गरि सञ्चालन गरिने गौतमले जानकारी दिए ।  तालिमको पहिलो दिन प्रशिक्षकहरु बिवश जङ्ग थापा र निशान्त राईले तालिमको सहजीकरण गरेका थिए । 

कार्यक्रममा जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति नेपाल राष्ट्रिय शिक्षक संगठनले २०७७ सालको वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेको बताईएको छ । संगठन सवलीकरणको अभियान अन्तर्गत १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने कार्यमा संगठन कटिबद्ध रहेको प्रचार विभाग प्रमुख गौतमले बताए । संगठनले यस अघि नै चैत्र २९ गते १४ औ जिल्ला परिषद गर्ने कार्यतालिका घोषणा गरेको छ ।

शिक्षक संगठन भिमफेदी पालिका अध्यक्ष कृष्ण पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा भिमफेदी गाउँपालिकाका शिक्षा प्रमुख कपिलमणी पौड्याल, योजना प्रमुख बद्री सापकोटा, लेखा अधिकृत तोयानाथ तिवारी, सूचना प्रविधि प्रमुख निशान्त राई,स्रोतब्यक्ति गोविन्द चौलागाई
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर सह सचिव प्रतिमा गौतम, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतम, सदस्य लक्ष्मी कुमारी काफ्ले  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भीमफेदी गाउँपालिकाको आर्थिक सहोगमा भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif