Saturday, 29th August, 2026
वि.स.

भाेलि प्रधानमन्त्री ओली र विप्लव एकै मञ्चमा

oli-biplop-1614836819.jpg

बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। 

सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ। 

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलु र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा प्रकाण्डुले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ। 

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ। विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत रहँदै आएका छन्। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०