Sunday, 23rd August, 2026
वि.स.

भारतीय विदेशमन्त्री भन्छन्– बुद्ध महान भारतीय हुन्

S-Jayashankar-2-1596943942.jpg

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् ।

‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो । नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । तर दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा जन्मिएको भनेर देखाउन भारतले नक्कली कपिलवस्तुसमेत बनाएको छ ।

-अनलाइनखबरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०