Monday, 31st August, 2026
वि.स.

भारतीय नक्साको विरोधमा थाहानगरमा जलाए मोदीको तस्वीर (हेर्नुहोस् फोटो फिचर)

भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै मकवानपुर थाहानगरमा स्वतस्फूर्त रुपमा एक समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएको छ । विरोध ¥याली सहित नाराबाजी गरेर थाहा नगरपालिकाको शिखरकोटमा मोदीको तस्वीर जलाइएको हो ।

बेलुकी ४ बजे भएको ¥याली शिखरकोटबाट शुरु भई थानाबजार ओखरबजार हुँदै पुनः शिखरकोटमा आएको थियो । 

यो समूहले इलाका प्रहरी कार्यालय पालुङ अगाडि समेत प्रदर्शन गरेको थियो । भारतीय नक्साकै विरोधमा थाहा नगरमा २४ कार्तिकमा विद्यार्थी संगठनले पनि प्रदर्शन गरेको थियो ।
हेर्नुहोस फोटो फिचरः



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।