Sunday, 30th August, 2026
वि.स.

भारतले भन्यो- ‘नेपालको संशोधित नक्शा स्वीकार्दैनौं’

Modeeeeeee-1589989651.jpg

नेपालले भारतद्वारा अतिक्रमित भूमिलाई समावेश गरेर आज जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने भारतले बताएको छ।

काठमाडौं। भारतले नेपालले आज जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने बताएको छ। आज विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।

श्रीवास्तवले नेपालले आज एकतर्फी रूपमा जारी गरेको नक्शा ऐतिहासिक तथ्यमा आधारित नभएको पनि बताएका छन्। र, यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको बताएका छन्।

‘भूभागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार गर्नेछैन’, विज्ञप्तमा भनिएको छ। यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं।’

साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक महोल बनाउने भारतले आशा राखेको पनि विज्ञप्तिमा छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०