Monday, 24th August, 2026
वि.स.

भारतमा २१ वैशाखसम्म लम्बियो बन्दाबन्दी

modi-1586843199.jpg

भारतमा ३ मे अर्थात २१ वैशाखसम्म बन्दाबन्दी (लकडाउन) जारी हुने भएको छ। गत २५ मार्चदेखि सुरु भएको २१ दिने बन्दाबन्दी आजै सकिँदै थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई सम्बोधन गर्दै बन्दाबन्दी लम्ब्याएको घोषणा गरेका हुन्।

पछिल्लो २७ दिनमा देशका नाममा चौँथो सम्बोधन गर्दै मोदीले भारत कोरोनभाइरसलाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएको बताए। सबैको सुझावबमोजिम नै रोग नियन्त्रणका लागि बन्दाबन्दी लम्ब्याइएको उनको भनाइ छ। गत शनिबार उनले मुख्यमन्त्रीहरुका साथ बैठक गरेका थिए। बैठकमा ७८ करोड जनसंख्या भएका १३ राज्यले अप्रिलभरि बन्दाबन्दी गर्ने सहमति जनाएका थिए। यसअघि भारतका आठ प्रान्त र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म बन्दाबन्दी जारी राख्ने घोषणा गरेका थिए।

अहिलेसम्म भारतमा १० हजार ४५३ संक्रमित फेला परेका छन्। तीमध्ये एक हजार १८१ जना निको भएका छन् भने ३५८ जनाको मृत्यु भएको छ। सोमबार मात्र त्यहाँ १२ सय ४८ नयाँ संक्रमित भेटिएका छन्। एकै दिन भारतमा भेटिएको संक्रमितको यो अहिलेसम्मकै ठूलो संख्या हो। त्यहाँ पछिल्लो पाँच दिनमा मात्र करीब चार हजार ५०० संक्रमित फेला परेका छन्।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०