Sunday, 30th August, 2026
वि.स.

भारतबाट फर्किँदै गरेका थाहानगरका ९ जना आइसोलेसनमा, पिसिआर परीक्षण आज हुने

isolation-1589699068.jpg

भारतबाट घर फर्किँदै गरेका थाहा नगरपालिकाका ९ जनालाई हेटौंडाको  आइसोलेसनमा राखिएको हाे । 

भारतबाट फर्कदै गरेका उनीहरुलाई नेपालगञ्जमा सुरक्षाकर्मीले रोकेर थाहा नगरपालिकालाई खबर गरे पश्चात  नगरपालिकाले उनीहरुलाई नगरपालिकाकै खर्चमा हेटौंडाको आइसोलेसनमा राखेको हो । भारतमा रेल चल्न थालेपछि उनीहरु रेल चढेर नेपाली नाकासम्म आएका थिए । उनीहरुमध्ये अधिकाँश  थाहा नगरपालिका आग्राको रहेका छन् । 

हेटौंडास्थित आइसोलेसन कक्षमा अहिले थाहा नगरपालिकाका २० जना रहेका छन् । थाहाको ७ नं. वडाका एक बालकमा कोरोना संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेको आफ्नो घर र मावलीपट्टिका ११ जना व्यक्तिलाई पिसिआर परीक्षणका लागि हेटौंडा पठाइएकोमा उनीहरु पनि अहिले आइसोलेसनमै रहेका छन् । 

थाहा नगरपालिकाका स्वास्थ शाखा संयोजक मेघराज बलामीले स्वाब परीक्षण किट उपलब्ध भए आइतबार हेटौंडामा २० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण हुने बताए । यसअघि थाहा नगरपालिकाका १७ जनाको पिसिआर गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०