Thursday, 27th August, 2026
वि.स.

भव्यताकोसाथ थाहानगरमा संविधान तथा राष्ट्रिय दिवस मनाईदै

sambidhan-1568942441.jpg

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा  ३ असोज विहान ८ बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा ‘संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया हुने भएको हो । नगर प्रमुख लवशेर विष्टको संयोजकत्वमा गठित संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आयोजनामा गठित समितिको आयोजनामा कार्यक्रम हुने भएको हो । 

दिवसको अवसरमा ३ असोज दिउँसो थाहा–४ स्थित थाहा स्मारक निर्माण स्थलमा झण्डोत्तोलन कार्यक्रम तथा साँझ थानाबजार स्थित बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमहरुमा नगरका जनप्रतिनीधिहरु, स्थानीय राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मीहरुलगायतको सहभागीतामा गठित मूल समारोह समितिका पदाअधिकारीहरुको सहभागिता रहने मूल आयोजक समितिले जनाएको छ । 
संविधान तथा राष्ट्रिय दिवसको कार्यक्रमहरुमा सबैलाई सहभागिता हुन मूल आयोजक समिति संयोजक तथा नगर प्रमुख लवशेर विष्टले अनुरोध गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif