nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भदौ ३० बाट हेटौंडामा हुने राष्ट्रियय पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र

download-(1)-1504313278.jpg

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा यही भदौ ३० गते हेटौंडा–१९, बस्तीपुरमा हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा विभागीय टिमहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित साविकको ५ विकास क्षेत्रको टिम सहभागी हुनेछ । यस्तै आयोजकको तर्फबाट स्थानीय टिम पनि सहभागी हुनेछ ।

प्रतियोगितामा विभागीय टिमको सहभागिता निश्चित भइसकेको छ भने साविकका विकास क्षेत्रको टिम पनि सहभागी हुने निश्चित प्रायः छ । शुक्रबार प्रतिष्ठानको बैठकले प्रतियोगिताको तयारी तीव्र बनाएको छ । प्रतियोगिता आयोजनाका लागि प्रतिष्ठानले राजेश भेटवालको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ । शुक्रबारको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । खाना तथा आवास उपसमिति संयोजकमा राजु घले, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा राजन दाहाल खुसराज, प्रचारप्रसार उपसमिति संयोजकमा सुरेश श्रेष्ठ, प्राविधिक उपसमिति संयोजकमा बसन्तकुमार सिटौला, खेलाडी तथा टिम सम्पर्क व्यवस्थापन उपसमिति संयोजकमा अनिल पाण्डेलाई जिम्मेवारी दिइएको छ । यस्तै स्थानीय टिम निर्माणका लागि भरत सापकोटा, छवि सुवेदी र शंकर कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रथम पुरस्कार २ लाख रुपैया“, द्वितीय पुरस्कार १ लाख रुपैया“ रहने प्रतियोगितामा तृतीय हुने टिमलाई ५० हजार रुपैया“ र चौथो हुने टिमलाई २५ हजार रुपैया“ प्रदान गरिनेछ । प्रतिष्ठानले राष्ट्रिय खेलकुद परिषद्, हेटौंडा उपमहानगरपालिकासहित निजि क्षेत्रका व्यावसायिक संस्था, व्यवसायी, उद्यमीस“ग सहकार्यका लागि प्रयास गरिरहेको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताउनुभएको छ । प्रतियोगिता आयोजनाका लागि करिब २० लाख रुपैया“ लागत अनुमान गरिएको छ । भलिबल खेलका मुख्य राष्ट्रिय प्रशिक्षक रहनुभएकै बेला २०७२ साल बैशाख १२ गतेको भूकम्पमा परी निधन हुनुभएका केशवलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले भलिबल खेलकै विकासका लागि राष्ट्रिय प्रतियोगिता गर्न लागेको अध्यक्ष विष्टको भनाइ छ ।

प्रतियोगिता आयोजनाका लागि प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधवप्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, हेटौंडा स्कूल अफ म्यानेमजेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रलाल श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ ।

यस्तै उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार अर्याल, निर्माण व्यवसायी महासंघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, नारायणीय यातायात व्यवसायी संघका अध्यक्ष बद्रि चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष हरि हुमागाई, प्याव्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष्ँ भेष खड्गी, प्रतिष्ठानकै प्रथम उपाध्यक्ष बालकृष्ण चौलागाईलाई पनि सल्लाहकार चयन गरेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)