Saturday, 29th August, 2026
वि.स.

बैठकमा ओली नआएपनि पार्टी निर्णय गरेर अगाडी बढ्छः सांसद बिडारी

ram-narayan-bidari-1607753186.jpg

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवंम सांसद राम नारायण बिडारीले आगामी पार्टीको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओली उपस्थित नभएपनि पार्टीले निर्णय गरेर अगाडी बढ्ने बताएका छन् । राजधानीमा संवाद क्लब नेपालद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै बिडारीले सो कुरा बताएका हुन् ।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति समेत रहेका बिडारीले दलीय व्यवस्थामा राजनैतिक दलले सरकार बनाएर दलले नै सरकारलाई आफ्नो घोषणा पत्र अनुसार काम गर्न निर्देशन गर्ने परिपाटीलाई लत्याउदै प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टीको निर्णय मान्दिन भन्न नहुने विचार व्यक्त गरे । उनले भने, ‘पार्टीले भनेको मान्दिनँ, बैठकमा आउदिनँ भन्नु निर्दलवादी हुनु हो ।’

प्रधानमन्त्रीले पार्टीले भनेको मान्दिनँ, बैठकमा आउदिनँ भनेर एकछिन घुर्की लगाएपनि अन्तिममा उनी बैठकमा आउने र पार्टीले भनेको मान्ने गरेको बताए । सडकमा देखिएको राजावादीहरुको आन्दोलनप्रति टिप्पणी गर्दै सांसद बिडारीले २०४८ सालपछि जन्मिएको पुस्ताले राजतन्त्रको खास जनविरोधी गतिविधी थाहा नपाएकोले कतै राजतन्त्र पो राम्रो होला कि भनेर सडकमा आएको हुन सक्ने तर राजतन्त्रमा जानु भएको पश्चगमन हुने भएकोले नेपालमा अब त्यो सम्भव नरहेको धारणा व्यक्त गरे ।

‘गणतन्त्र ठिक लागेन भनेर राजतन्त्रमा जाने अनि राजतन्त्र ठिक भएन भनेर राणातन्त्रमा जाने ? यसरि समाज पछाडी फर्किन सक्दैन,’ उनले भने, ‘गणतन्त्रमा जसरी सबै मानिसहरु बोल्न पाएका छन् राजतन्त्रमा यसरि बोल्नसमेत पाइदैनथ्यो ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०