Thursday, 27th August, 2026
वि.स.

बैज्ञानिक वन व्यवस्थापन आवश्यक

Ban-1568251895.jpg

बैज्ञानिक वन व्यवस्थापनका राम्रा पक्षहरुलाई सरोकारवालासामु फैल्याउँदै लैजानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा बैज्ञानिक वन कार्ययोजना कार्यान्वयनमा स्थानीय तह, पत्रकार, नागरिक समाजका लागि सचेतनामुलक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा प्रस्तुतिकरण दिँदै डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले वैज्ञानिक वन व्यवस्थापनको महत्वका बारेमा जानकारी गराएका थिए । त्यसैगरी सहायक वन अधिकृत राकेशप्रसाद चन्द्रबंशी, सुरेशप्रसाद गुप्ता, प्रदीपनाथ शर्मा लगायतले बैज्ञानिक वन व्यवस्थापनको अबस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा डिपाड सामुदायिक वन उपभोक्ता महासंघ सचिव लेखमान ब्लोन, सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाबुलाल रुम्बा, नेकपाका नेता गोविन्द घलान, नेपाली काँग्रेसका नवराज सुवेदी, पत्रकार शिवकुमार काशी, ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सचिव अनिता स्याङ्बो र राक्सिराङ गाउँपालिका वडा नं २ का वडाध्यक्ष सूर्यबहादुर मुक्तान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

डिभिजन वन कार्यालय राप्ती मनहरी अन्तर्गत राक्सिराङ गाउँपालिकामा ४ वटा, भीमफेदी गाउँपालिकामा २ वटा र मनहरी गाउँपालिकामा ८ वटा सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । सबै सामुदायिक वन उपभोक्ता समूहरुलाई बैज्ञानिक वन व्यवस्थापनका बारेमा उपभोक्ता लेभलमा सचेत पार्दै लगिने डिभिजन वन कार्यालय राप्ती मनहरीका सूचना अधिकारी एबम् सहायक वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif