Sunday, 23rd August, 2026
वि.स.

बैकका प्रतिनिधि घरघरै भत्ता बाँड्दै

Bank-1599631222.jpg
  • विराजनजंग बस्नेत/चित्लाङ

मकवानपुर थाहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । थाहा नगरपालिका वडा नम्बर १० मा बैंकका प्रतिनीधिहरुले लाभग्राहीहरुको घरैमा पुगेर भत्ता वितरण गरेको वडा सचिव चक्रबहादुर ठगुन्नाले जानकारी दिए । 

आर्थिक वर्ष २०७६/००७७ को अन्तिम चौमासिकको भत्ता रकम कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउन तथा निषेधाज्ञाका कारण वितरण हुन नसकेपछि २४ भाद्रमा घरघरैमा पुगेर भत्ता वितरण गरिएको सेन्चुरी विकास बैंक बज्रवाराही शाखाका प्रबन्धक राधाकृष्ण लामिछानेले बताए ।

भत्ता वितरण कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हिरा बहादुर गमाल, वडा सदस्यहरु दिपक गोपाली, उषा गमाललगायतकाको उपस्थिती हरेको छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ बाटै सामाजिक सुरक्षा बैङ्किङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif