Saturday, 29th August, 2026
वि.स.

बुटवलमा मुख्यमन्त्री सवार गाडीमाथि ढुंगा प्रहार, प्रहरीद्वारा हवाइफायर

Shankar-1601824719.jpg

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी बुटवलमा प्रदर्शनकारीले ढुंगामुडा गरेका छन्।

काठमाडौंबाट आइतबार साँझ ६ बजे गाैतमबुद्ध विमानस्थलमा ओर्लिएका पाेखरेल ६:१५ मा कडा सुरक्षाबीच बुटवल प्रस्थान गरेका थिए। बुटवलको मिलनचोक नजिक प्रदर्शनीकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको  गाडी र उनकाे स्कटिङमा रहेका प्रहरीका दुई गाडीमा क्षति पुगेको प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले बताए।

प्रहरीको गाडीकाे सिसा फुटेको र सामान्य क्षति भएकाे प्रहरीले स्राेतले जनाएको छ। मुख्यमन्त्रीकाे गाडी ताेडफाेड भएपछि प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेकाे स्थानीयले बताएका छन्।

डीआईजी धानुकका अनुसार ढुंगा प्रहार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। उनीहरुलाई अनुसन्धान भइरहेकाे जनाइएकाे छ।

पक्राउ पर्नेमा कांग्रेस नेताहरु विष्णु पोख्रेल, मुक्ति पौडेल, हरिलाल पाण्डे, शिव गैरे, प्रकाश गैरे, ज्ञानेन्द्रबहादुर कार्की र पत्रकार कमला पाण्डे लगायत छन्।

मुख्यमन्त्रीलाई सशस्त्र र नेपाल प्रहरीका दुईवटा गाडीले स्कटिङ गर्ने गरे पनि बुटवलमा राजधानी सार्ने प्रस्तावविरुद्ध आन्दोलन भइरहेकाले आइतबार उनकाे स्कटिङमा रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पाेखरेल र सशस्त्रका एसपी तेज पाेखरेल पनि थिए।

प्रदेशकाे स्थायी राजधानी दाङकाे देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा सरकारकाे तर्फबाट प्रस्ताव पेस गरिएकाे छ। हाल अस्थायी राजधानी रहेकाे रुपन्देहीलाई स्थायी बनाउन नेकपा, कांग्रेस लगायत जिल्लाका संघसंस्थाले माग गरिरहेका छन्। कांग्रेसले त आइतबार रुपन्देही बन्द गरेरै विराेध गरेकाे छ । अन्य संघसंस्थाले पनि विराेध जनाएका छन्।

स्थायी राजधानी ताेक्ने विषयमा साेमबार प्रदेश सभामा मतदान हुँदैछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०