nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आयोजक (ए) लाई जिल्लास्तरीय भलिबलको उपाधि

थाहा नगरपालिकामा संचालित बिनयबाबु स्मृति मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि साविक विजेतालाई पछिपार्दै आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान (ए) ले हासिकल गरेको छ । थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमलाई १७–२५, २५–१५, २५–२२, १८– २५ र १५–१२ ले पछि पार्दै प्रतिष्ठानले हात पारेको हो । विजयी भएसंगै प्रतिष्ठान (ए) ले नगद ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा उप विजेता भएको थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमले नगद २६ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । 

मकवानपुर जिल्लाका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक । बिनयबाबु स्मृति प्रतिष्ठान (ए) का बलराम सुवेदी उत्कृष्ट खेलाडी घोषित भए भने विजेता टिमकै उत्कृष्ट ब्लकर उज्वल के.सी., उत्कृष्ट डिफेण्डर कुमार केसी र उत्कृष्ट कोचर युवराज विष्ट घोषित भए । प्रतियोगितामा उत्कृष्ट स्पाइकर थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमका विशाल गोपाली र उत्कृष्ट सेटरमा राजकुमार कर्माचार्य घोषित भए । उत्कृष्ट विधाका खेलाडीहरुले ट्रफी उपहार पाएका छन् ।

थाहा नगरपालिका खेलकुद विकास उपसमितिका संयोजक राजेश केसीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता बिनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो । प्रतियोगितामा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख ध्रुवप्रसाद सिलवाल, स्माजसेवी अच्युतम प्रसाद ढकाल, थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली तथा स्थानीय संघसंस्था पत्रकारहरुको आतिथ्यता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथीहरुले मेडल लगाएर सम्मान गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिका खेलकुद विकास उपसमितिका संयोजक राजेश केसीले जिल्लाकै उत्कृष्ट खेलाडीहरु थाहानगरमै रहेकोमा खुशी व्यक्त गरे । उनले विनयबाबु स्मृति प्रतिष्ठानले खेलकुदलाई जगाउन गतवर्षबाट थालेको प्रतियोगिताको प्रशंसा गरे । आफू खेलकुद प्रेमी पनि भएकोले खेलकुदका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने संयोजक केसीको प्रतिवद्धता रहेको थियो । 

कार्यक्रममा समाजसेवी अच्युतम प्रसाद ढकालले थाहानगरलाई राष्ट्रिय खेलकुदको हब बनाउनु पर्नेमा जोड दिए । उनले थाहा नगरपालिका वडा नंं. ३ मा रहेको इन्द्रायणी चौरलाई राष्ट्रिय खेलकुद मैदान बनाउनु पर्नेमा जोड दिए । चौरको विकासका लागि यसअघि नै आफुहरुले योजनाबद्ध रुपमा अघि बढ्न भनीरहेको सन्दर्भमा अब हालकै जनप्रतिनीधिको पालामा निर्माण सक्न सुझाव दिए । ढकालले यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगमा कुनैपनि हातलमा कमी हुन नदिने बताए । उनले प्रतियोगिताको दोस्रो पुरस्कार सहयोग गरेका थिए । 

कार्यक्रमका सभाध्यक्ष तथा विनयबाबु प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले गतवर्ष क्षेत्रिय रुपमा आयोजना भएको प्रतियोगिता यसवर्ष जिल्लास्तरीय गर्न सफल भएकोमा सहयोगी सम्पूर्णमा आभार व्यक्त गरे । अध्यक्ष कार्कीले विजेता, उपविजेता तथा सहभागी टिमका खेलाडीहरुलाई उत्कृष्ट सहभागिताप्रति धन्यवाद सहित शुभकामना व्यक्त गरे । वार्षिक रुपमा संचालन हुने प्रतियोगितामा सँधै साथ र सहयोगका लागि अपील गरे । 

प्रतियोगितामा थाहा नगरपालिका वडा नं. २ का बच्चुराम केसीलाई लामो समयदेखी खेलकुद तथा समाज रुपान्तरणमा योगदान पु¥याएकोमा सम्मान गरिएको छ । उनलाइृ सम्मानपत्र सहित सम्मान गरिएको हो । सो अवसरमा प्रतियोगिताको लागि सहयोग गर्ने सहयोगी, संचार गृह तथा पत्रकार र जनप्रतिनीधिहरुलाई आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष शंकर कार्कीले कदरपत्र तथा मायाको चीनो वितरण गरेका थिए । 

गतवर्षको विजेता थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमलाई पछिपार्दै आयोजक प्रतिष्ठान (ए) ले उपाधि हासिल गरेकोमा टिम कोचर युवराज विष्टले खुशी व्यक्त गरे । उनले खेलाडीहरुमा राम्रो प्रशिक्षण भएका कारण उपाधि हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । आफू यो जिल्लास्तरीय प्रतियोगिताको उत्कृष्ट कोचर घोषित भएको बताउँदै खेलाडी अनुशासित भएर खेल प्रदर्शन गर्न सक्नु नै जित भएको बताए । विष्टले यहि गुणका कारण आफ्नो टिम विजयी भएको बताए ।  सबै कुरा ठकि हुँदा हुँदै पनि टिम व्यवस्थापनमा सँधै ध्यान दिनूपर्ने विजयी टिमका टिम मेनेजर रामकुमार कार्कीले प्रतिक्रिया दिए । खेलाडीको मनोभावना, क्षमता र लगावलाई समेत बुझेर टिम व्यवस्थापनमा ध्यान दिँदा प्रतियोगितामा कहिल्यै पछि नपरिने कार्कीको भनाइ थियो । सबै सवालमा जब व्यवस्थापन हुन्छ त्यसबाट खेलाडीमा उर्जा मिल्न उनको भनाइ थियो ।

 

 

 


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)