Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बादल झुक्किएर बालुवाटार जानुभएछ जस्तो लाग्छ :दाहाल

prachanda-1608892964.jpg

 नेकपा अध्यक्ष पुष्पकमल दाहाल (दाहाल-नेपाल पक्ष) ले रामबहादुर थापा झुक्किएर बालुवाटार गएको बताएका छन् । 

दाहाल-नेपाल पक्षले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय सदस्य तथा गृहमन्त्री थापाको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले भने, बादलले यता आएर गर्न लागेको भाषण उता गएर गर्नुभएको जस्तो लाग्यो । झुक्किएर उता जानुभएको जस्तो लाग्यो भाषण सुन्दा ।

थापा भविष्यमा आफ्नै पक्षमा आउने भएकाले त्यसबारे आफू धेरै नबोल्ने बताए । बिहीबारको बैठकमा थापा ओली पक्षतिर लागेका थिए । थापानिकट सबै नेताहरू भने दाहाल नेपाल पक्षतिर लागेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०